Saturday, August 15, 2026

धनुषामा एक बालिकाको हत्या

Advertisement
Advertisement Advertisement

कलैया, १३ साउन। धनुषामा एक बालिकाको हत्या भएको छ। जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त घटनामा दुई जना घाइते भएका छन । घाइते हुनेमा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग पढिरहेकी थिइन् ।

प्रहरीका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर