Saturday, August 15, 2026

बारामा लागूऔषध गाँजासहित दुईजना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, १४ साउन। बारामा लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन्।

निजगढ नगरपालिका वडा नम्बर ११ स्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट मंगलवार राति करिब ११:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन।

प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको जम्मा २४ किलोग्राम गाँजा फेला पारेको जानकारी निरीक्षक लामिछानेले जानकारी दिएका छन।

उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर