34.6 C
Kalaiya

Friday, August 1, 2025
spot_img
34.6 C
Kalaiya
Friday, August 1, 2025

spot_img

बारामा लागूऔषध गाँजासहित दुईजना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १४ साउन। बारामा लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन्।

Advertisement

निजगढ नगरपालिका वडा नम्बर ११ स्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट मंगलवार राति करिब ११:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन।

Advertisement
Advertisement

प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको जम्मा २४ किलोग्राम गाँजा फेला पारेको जानकारी निरीक्षक लामिछानेले जानकारी दिएका छन।

उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर