Sunday, June 28, 2026

बाराको अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण सुरु

कलैया, १६ साउन। बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण सुरु भएको छ। अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटरमा १०.७५ इन्चको पाइपलाइन बिच्छयाइने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार यसका लागी आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरिएको छ।

राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ ।

यस अघि नै २०७६ सालमा भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

आजदेखि सुरू भएको दोस्रो चरणको परियोजना अन्तर्गत लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण गरिने छ। परियोजना सम्पन्न भएपछि टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर