27.4 C
Kalaiya

Wednesday, September 17, 2025
spot_img
27.4 C
Kalaiya
Wednesday, September 17, 2025

बारामा पार्किङ गरी राखेको बसमा आगलागी 

spot_img
spot_img

कलैया, १७ साउन । बाराको नौतन स्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी भएको छ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ५ सानो नौतन स्थित एउटा घर नजिकै पार्किङ गरि राखेको ना ६ ख ४९८१ नम्बरको बसमा आफै ब्याट्रीको तार सर्ट भई आगलागी हुदाँ घरको झ्याल र ढोका समेत जलेको थियो।

Advertisement

आगलागीमा बस र घर जलेर ५१ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। आगलागीलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आगलागीमा भने कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर