Thursday, July 23, 2026

बारामा पार्किङ गरी राखेको बसमा आगलागी 

कलैया, १७ साउन । बाराको नौतन स्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ५ सानो नौतन स्थित एउटा घर नजिकै पार्किङ गरि राखेको ना ६ ख ४९८१ नम्बरको बसमा आफै ब्याट्रीको तार सर्ट भई आगलागी हुदाँ घरको झ्याल र ढोका समेत जलेको थियो।

आगलागीमा बस र घर जलेर ५१ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। आगलागीलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आगलागीमा भने कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर