Sunday, June 28, 2026

‘बिवाह गर्छु र दिल्लीमा काम लगाइदिन्छु’ भन्दै एक किशोरीलाई बिक्री गर्न लगिरहेका युवा पक्राउ 

वीरगन्ज, १८ साउन। मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने ४५ वर्षिय हिरा माझी रहेका छन्।

माझीले शुक्रबार वीरगन्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डमा एकजना किशोरीलाई भारततर्फ बिक्री गर्न लगिरहेको अवस्थामा पक्राउ परेका हुन्।

काठमाडौंकी एकजना १४ वर्षिय परिवर्तित नाम ३४ जिल्ला ०८२/०८३ काठमाडौँ (ख) १ किशोरीलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई बिवाह गर्छु र भारतको दिल्लीमा काम लगाइदिन्छु भन्दै वीरगन्जबाट दिल्ली लाने क्रममा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले पिडितलाई सकुशल उद्धार गरी प्रतिवादी माझीलाई पक्राउ गरेको थियो।

पक्राउ परेका माझीलाई थुनामा राखेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर