Sunday, June 28, 2026

अनुदान रकम उपलव्ध गराउनुपर्ने माग गर्दै प्रशासनलाई उखु उत्पादक किसान संघ बाराको ज्ञापन पत्र

कलैया, १९ साउन। नेपाल सरकारले उखु किसानलाई प्रतिक्विन्तल ७० रुपैयाँको दरले अनुदान रकम उपलब्ध गराउनु पर्ने माग गर्दै उखु उत्पादक किसान संघ बाराले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ। संघका प्रतिनिधिहरुले बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईलाई ज्ञापन पत्र बुझाएका हुन्। सरकारले दिने अनुदान प्रति क्विन्टल रु ७० का दरले हुने करिब एक अर्ब ६० करोड भुक्तानी हुन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख छ। यि लगायत किसानको जायज माँग सम्बोधन गर्न सरकारसंग संघले अनुरोध गरेको छ।

माग पुरा नभए संर्घषका कार्यक्रमहरु गर्ने संघले चेतावनी दिएको छ। संघले अगामी साउन २० गते जिल्लास्थित चिनी मिलको मूल गेटमा दिउँसो तीन बजे टायर बाली प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। २०८२ साउन महिना भरी माग पुरा नभएमा भाद्र ८ गते देखि काठमाण्डौंस्थित माईतीघर मण्डलामा धर्ना विरोध कार्यक्रम गर्ने लगायतका संर्घषका कार्यक्रम तय गरेको हो।

ज्ञापनपत्र मार्फत आर्थिक वर्ष २०८२/०८३ को उँखुको मूल्य तय गर्न उखुका किसानका प्रतिनिधिहरु,चिनी उद्योगीहरु र नेपाल सरकारको प्रतिनिधिहरुको बिचमा वार्ता गराएर मात्र उखुको मूल्य निर्धारण गर्न अनुरोध गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहा सहित संघका मुकेश कुशवाहा, राकेश कुशवाहा, मुकेश यादव लगायतको उपस्थिति रहेको थियो । ज्ञापनपत्रको बोदार्थ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौमा पठाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर