Sunday, August 16, 2026

रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

Advertisement
Advertisement Advertisement

रौतहट १९ साउन।  रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर फेरी एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आईतवार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।

घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। मृतकको शव पोष्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ।

रौतहटमा बिधुतिय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ। न्युज कारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर