Sunday, June 28, 2026

गोठबाट फर्किरहेकी युवतीलाई आँखामा कालो पट्टी बाँधी जबर्जस्ती करणी गर्ने दुई जना पक्राउ

वीरगन्ज, २० साउन। पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न २ जनालाई पक्राउ गरेको छ।

बैशाख २० गते नामथर वतन परिवर्तित ३४ जिल्ला बरैनिया ०८१/०८२ (क) लाई आफ्नै गोठबाट बाख्राहरु बाँधी घर फर्कने क्रममा २ जना अज्ञात व्यक्तिले बीच बाटोमै घेरा हाली जोर जुलुम गरी पिडितको मुखमा कपडाको बुझो लगाई आँखामा पट्टी बाँधी वीरगन्ज स्थित बसपार्कमा रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लाको कोठामा बन्द गरी पालैपालो जबरजस्ती करणी गरिएको थियो।

जबरजस्ती करणी पश्चात बैशाख २३ गते वीरगन्ज स्थित घडिअर्वा पोखरीको गल्लीमा एक्लै रगताम्मे अवस्थामा छाडी आरोपीहरु फरार भएका थिए। घटना पश्चात पिडितले दिएको जाहेरी दरखास्तको आधारमा प्रहरीले खोजतलास गर्दैगर्दा आज २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं २ सिसियारी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं १३ राधेमाई बस्ने नेक मोटरसाइकल वर्कशपका संचालक ४० वर्षिय नेक महमद र रौतहट घर भई हाल वीरगन्ज १३ बस्ने नेक मोटरसाइकल वर्कशपमा काम गर्ने २१ वर्षिय अफताब अंसारी रहेका छन्।

उनीहरुलाई प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ प्रतिमा चौकबाट पक्राउ गरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर