24.1 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
24.1 C
Kalaiya
Tuesday, October 14, 2025

जीतपुरसिमरा उद्योग वाणिज्य संघको नवनिर्मित सभाहल उद्घाटन

spot_img
spot_img

जीतपुर,२१ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जीतपुरसिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

Advertisement

नवनिर्मित सभाहलको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वर्तमान सरकारले ल्याएका ऐन, कानुन तथा बजेटले व्यवसायीहरूलाई त्रसित हुने अवस्था नरहेको बताएका छन्। उनले सरकारले केही हदसम्म व्यवसायीहरूको मागलाई सम्बोधन गरिसकेको र केही विषय अझै बाँकी रहेको स्पष्ट पारे।

Advertisement

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायीहरूलाई जाँच–पड़तालको दायराबाट हटाएको उल्लेख गर्दै उनले यो निर्णय व्यवसायीहरूको दबाबकै कारण सम्भव भएको बताए । अध्यक्ष ढकालले अनुशासित र नियमअनुसार मिहिनेत गर्ने व्यवसायीले सकारात्मक प्रतिफल पाउनेमा विश्वस्त रहनुपर्ने सन्देशसमेत दिएका छन्।

Advertisement

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पनि मन्तव्य राख्दै उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र मात्र कर लगाउने नीति लिएको स्पष्ट पारे। उनले स्थानीय तहले उठाउनु पर्ने कर मध्येको ४ प्रतिशत मात्र कर उठाईरहेका कारण व्यवसायीहरुले गुनासो गर्ने ठाउँ नरहेको बताए।

नगर प्रमुख पौडेलले उद्योगी तथा व्यवसायीहरूलाई आफ्ना भौतिक संरचनाको नक्सा पास अनिवार्य गर्न आग्रह गरे। उनका अनुसार नक्सा पास गरी संरचना निर्माण गर्नाले भविष्यमा बीमा तथा अन्य दुर्घटनाबाट सुरक्षा र राहत प्राप्त गर्न सहज हुने भएकोले अब संरचनाका अभिलेख सिरानीमुनि राखेर बस्ने समय नरहेको बताए।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको समारोहमा उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गरेका थिए । यसैगरी संघले ८ औं स्थापना दिवस अवसरमा औपचारिक कार्यक्रमपछि कार्यालय परिसरमा बृक्षारोपण समेत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर