31.3 C
Kalaiya

Thursday, August 7, 2025
spot_img
31.3 C
Kalaiya
Thursday, August 7, 2025

spot_img

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं,२१ साउन। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।

Advertisement

पक्राउ मध्ये नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नर बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट र उमेशलाई टोखा नगरपालिका-२ बाट पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर