Sunday, August 16, 2026

बिल बिजक नभएको भन्दै हाईस गाडीबाट बारा प्रहरीद्वारा डेरी मिल्क बरामद

Advertisement
Advertisement Advertisement

कलैया,२१ साउन । बारा प्रहरीले बिल बिजक नभएको भन्दै हाईस गाडीबाट ९४ हजार रुपैयाँको डेरी मिल्क बरामद गरेको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त डेरी मिल्क बरामद गरेको हो ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१ भरत चौक स्थित कलैया देखि काठमाण्डौ चल्ने यात्रु बाहक हाईस गाडीलाई चेक जाँच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा उक्त डेरी मिल्क बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका छन।

उक्त डेरी मिल्कको अन्दाजी मुल्य रू ९४ हजार ८० रूपैया बराबरको डेरी मिल्क १०५ प्याकेट रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

प्रहरीले उक्त डेरी मिल्कलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर