Saturday, June 6, 2026

बाराका विभिन्न स्थानबाट ५ लाख बराबरको अवैध सामान बरामद

spot_img

कलैया,२२ साउन । सशस्त्र प्रहरीले बारा जिल्लाको विभिन्न स्थानहरूबाट करिब पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल विओपी सनफलुवाको टोलीले सुवर्ण गाउँपालिका–७ स्थित चौराहा सीमाक्षेत्रबाट करिब १ लाख ८३ हजार ३८० रुपैयाँ मूल्य बराबरको किराना सामग्री र लेडिज आइटम बरामद गरेको हो।

यस्तै विओपी गोलागञ्जको टोलीले सिम्रौनगढ नगरपालिका–९ पिठुवाघाट सीमाक्षेत्रबाट १ लाख १९ हजार ३ सय रुपैयाँ बराबरको महिलाका सामग्रीहरू बरामद गरेको छ।

त्यसैगरी जितपुर बेसको टोलिले वीरगञ्ज–पथलैया सडकखण्डको लल्कापुलबाट १ लाख ३० हजार रुपैयाँ बराबरको लेडिज आईटम बरामद गरेका छन्।

सुरक्षा बेस कलैयाले पनि ६७ हजार ५ सय रुपैयाँ बराबरको किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी. ले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर