Thursday, July 23, 2026

रसुवा बाढी : बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर दाहसंस्कार

कलैया,२३ साउन । रसुवा स्थित नेपाल-चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीले बेपत्ता भएको प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ।

गत असार २४ गते मंगलबार बिहान आएको बाढीमा बेपत्ता भएका बाराको फेटा गाउँपालिकाको वडा नम्बर १ भलुही निवासी २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुरको महिनौं दिनसम्म प्रहरी जवान ठाकुरको शव नपाउँदा, उनका परिवारजनले भलुहिमा कुशको शव बनाएर ठाकुरको अन्तिम दाहसंस्कार गरेका छन्।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा बाढी आएको समय उद्धार कार्यमा खटिएका ठाकुरसहित अन्य दुई जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका थिए। महिनौं दिनसम्म मुन्ना ठाकुरका सकुशल उद्धारको पर्खाइमा बसेका उनका परिवारजनले शव नपाएपछि, हालसालै कुशको शव बनाएर हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका हुन् ।

२०७८ सालमा नेपाल प्रहरीमा भर्ना भएका ठाकुर रसुवागढीमा कार्यरत थिए। जेठ ११ गते घर आएर केही दिनपछि उनी पुनः कार्यस्थल फर्किएका थिए। परिवारजनले सरकारसँग आफ्नो छोराको सकुशल उद्धार नभए पनि शव ल्याइदिन आग्रह गरेका थिए।

तर एक महिना बितिसक्दा पनि ठाकुरको बारेमा कुनै जानकारी प्राप्त नभएपछि उनका ठूला बुवा फुलचन ठाकुर, आशु खसाल्दै भने, “अब आशा मरेको छ, शव भेटिनुपर्ने कुरामा अब कुनै आशा छैन।” प्रहरी जवान ठाकुरको एक सानी छोरा पनि रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर