Thursday, July 23, 2026

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

कलैया,२५ साउन । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानहरूबाट करिब चार लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

मटिअर्वा स्थित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–१० भण्डारी टोल सीमा क्षेत्रबाट मोटरसाइकलसहित हार्डवेयर सामग्री बरामद गरेको छ। उक्त बरामद सामग्रीको अन्दाजी मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै तेलकुवा सुरक्षा वेशबाट खटिएको टोलीले पचरौता नगरपालिका–९ बलडुसवाबाट मोटरसाइकलसहित चिनी तथा किराना सामान बरामद गरेको छ । उक्त सामानको अन्दाजी मूल्य १ लाख ५५ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी जिल्ला सुरक्षा वेश कलैयाबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–५ बरेवाबाट ९० हजार रुपैयाँ बराबरको लेडिज आइटम बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण, बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएका सामानहरू आवश्यक कानुनी कार्वाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर