Sunday, June 28, 2026

बारामा ३ लाखभन्दा बढी मूल्यका सिलाई मेसिन सहित एक जना पक्राउ

कलैया, २६ साउन । बारा प्रहरीले तीन लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न कम्पनीको नयाँ सिलाई मेशिन सहित एक जनालाई आइतबार पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३० वर्षीय कलिम अंसारी पक्राउ परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट बसपार्क, कलैयाबाट प्रहरी नायब निरीक्षक मेघराज प्रसाद साहको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.५ दरबारटोलबाट उनलाई पक्राउ गरेको हो।

दरबार टोल वस्ने ५० वर्षीय  नैमुदिन अंसारीको तीन तल्ले पक्की घरको भुई तल्ले अगाडीको सटर कोठा भित्र राखेको बिल भरपाई नभएकोे नयाँ सिलाई मेसिन २८ वटा वरामद गरिएको प्रहरीले जनाएको छ। अन्सारीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर