Sunday, September 27, 2026

बारामा भन्सार छलि ल्याइएको कपडासहित टेम्पो प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

कलैया,२६ साउन । बारा प्रहरीले चार लाख ४२ हजार मूल्य बराबरको भन्सार छलि नेपाल भित्राइएको कपडा तथा एक टेम्पुलाई सोमवार नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलिले टेम्पु र कपडा नियन्त्रणमा लिएको हो।

बारा जिल्लाको बिश्रामपुर गाउँपालिक वडा नं.५ नकटुवा स्थितमा मटिअर्वाबाट वीरगंज तर्फ जाँदै गरेको ना २ ह ५६७६ नं.को टेम्पुलाई जाँच गर्दा भन्सार चोरी पैठारी गरी ल्याईरहेको कपडा बरामद गरेको हो। टेम्पुसहित कपडा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय प्रसौनि बारामा ल्याई राखिएको प्रहरीले जनाएको छ।

बरामद भएको कपडामा लेडिज भेष्ट ४० पिस, लेडिज कुर्ता सुट २६ पिस, तन्ना कपडा १६० मिटर, पुरूषले लगाउने धोति कपडा ९ पिस, गम्छा –२० पिस,सुट कपडा ८६ मिटर बरामद गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

उनका अनुसार ना २ ह ५६७६ नं.को टेम्पुको मूल्य दुई लाख ५० हजार गरी चार लाख ४२ हजार रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो। टेम्पु चालक फरार रहेको र खोजतलाश कार्य भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर