Sunday, August 16, 2026

बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

Advertisement
Advertisement Advertisement

कलैया, २७ साउन। सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन। सोमबार बिहान नुहाउने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव डुबेर बेपत्ता भएका थिए । उनी आज (मंगलबार) बिहान मृत अवस्थामा फेला परेका हुन।

सोमबार बिहानै देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो। मंगलबार बिहान पुलभन्दा करिब ५० मिटर दक्षिण नदीमा डुबिरहेको अवस्थामा बालक मृत अवस्थामा फेला परेका हुन।

प्रहरीका अनुसार यस घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर