Sunday, August 16, 2026

खोखो विश्वकप उपविजेता महिला र पुरुष टोलीलाई ११–११ लाख सहित काठमाडौं महानगरले गर्‍यो सम्मान

Advertisement
Advertisement Advertisement

कलैया, २७ साउन। काठमाडौं महानगरपालिकाले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई सम्मान गरेको छ। महानगरले दुबै टोलीलाई ११–११ लाख रुपैयाँ गरी २२ लाखको चेकसहित सम्मान गरेको हो। उक्त रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ ।

खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजित भएको थियो । त्यस्तै महिला टोली फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजित भएको थियो। पराजित संगै दुबै पुरुष र महिला टोली खोखो विश्वकप उपविजेता भएको थियो। खो–खो विश्वकपमा नेपालको पुरुष टोलीको सहायक प्रशिक्षकमा बाराका क्यामुद्दिन मन्सुर रहेका थिए। उनलाई पनि सम्मान गरिएको छ।

सम्मान कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डङ्गोल , प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर