Sunday, June 28, 2026

पर्सामा एकजनाको घरमा आगलागी हुदाँ लाखौंको क्षति, एकजना घाइते 

वीरगन्ज, २८ साउन। पर्सामा एकजनाको घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ भने आगो निभाउने क्रममा जलेर एकजना घाइते भएका छन्।

जिल्लाको बहुदरमाई नगरपालिका वडा नं २ बस्ने राजु रामको फुसको घरको चुलामा भैंसीको खोले पकाउन बालेको आगोबाट अचानक आज बुधवार आगोलागी फुसको घर र टासिएको गोठ घर पुर्ण रुपमा जलेर नष्ट भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

आगलागीमा घर भित्र रहेको लत्ताकपडा, भाडाबर्तन, अनपात र गोठ भित्र रहेको चौपायामा भैसीको पडो, बाख्रा पुर्णरुपमा जली नष्ट भएको, भैसी एउटा र राजु राम आगो निभाउने क्रममा शरिरको बिभिन्न भागमा जली घाइते भएका थिए। आगलागीमा ४ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीमा घाइते भएका रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दाबासिनी बाट खटिएको प्रहरी हवलदार ओम प्रकाश यादवको टोलीले उदार गरी एम्बुलेन्समा हाली नारायणी अस्पताल तर्फ पठाइएको र उनको तत्कालको अवस्था मध्यम रहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो।

उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा बिहानै ६ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर