Sunday, August 16, 2026

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २८ साउन। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली टोलका ५० वर्षीय गुलाब यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा यादवको मृत्यु भएको हो।

केही दिनयता बारासहित मधेश प्रदेशमा विद्युतीय मोटरबाट करेन्ट लागेर किसानको मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। प्रहरीले सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर