Monday, August 10, 2026

सर्लाहीमा एकजनाको टाउकोमा गोली प्रहार गरी हत्या 

सर्लाही, ३१ साउन। सर्लाहीमा एकजनाको टाउकोमा गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं ६ बस्ने माहदेव यादवको छोरा ४० वर्षिय रामपुकार यादवलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।

यादवलाई टाउकोमा गोली लागि घाईते भएका छन् भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरिक्षक शेख हफजुल्लाहाको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरिक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जना र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जना गरी ३६ जनाको टोली खटिएको थियो।

घाइते यादवलाई उपचारको लागी जानकी हेल्थ केयर पर्सा महोत्तरी तर्फ पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए। सुटर भने फरार छन् भने उनको खोजी जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर