29.2 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
29.2 C
Kalaiya
Tuesday, October 14, 2025

प्रसौनी–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

spot_img
spot_img

कलैया । बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

Advertisement

साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालय परिसरमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई उजुरीको आधारमा पक्राउ गरिएको हो ।

Advertisement

घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

Advertisement

यसअघि कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा फरक–फरक मुद्दामा बारा जिल्ला अदालतले सजायको फैसला गरेको थियो। अदालतले चेक अनादर मुद्दामा रु ३ हजार, कुटपिट मुद्दामा रु २ हजार र आपराधिक लाभ मुद्दामा रु १ हजार जरिवाना तोकेको थियो।

फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए। लामो समयदेखि फरार रहेका कुशवाहा जेठ ११ गते पक्राउ परेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर