29.2 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
29.2 C
Kalaiya
Tuesday, October 14, 2025

बारामा खैरो हेरोइनसहित महिला पक्राउ

spot_img
spot_img

कलैया,०३ भदौ । बारा प्रहरीले खैरो हेरोइनसहित एक महिलालाई मंगलबार नियन्त्रणमा लिएको छ । फेटा गाउँपालिका–१ त्रिवेणी निवासी कृष्ण महतोकी ४० वर्षीया श्रीमती पार्वती महतो लागुऔषध बिक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

घर खानतलासी गर्दा शालिमार लेखिएको झोलामा राखिएको प्लास्टिकका दुई बट्टाभित्र १९–१९ वटा गरी ३ ग्राम ६३० मिलिग्राम र ६ ग्राम ५३० मिलिग्राम तौल भएको गरी जम्मा १० ग्राम १६० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेकी पार्वती महतोसहित बरामद गरिएको लागुऔषध इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याइएको छ र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर