Sunday, August 16, 2026

बारामा सिसिटिभी निगरानी सुदृढ पार्न प्रशासन सक्रिय

Advertisement
Advertisement Advertisement

कलैया, ०४ भदौ। जिल्ला प्रशासन कार्यालय बाराले शहरी क्षेत्र र राजमार्गमा जडान भएका सिसिटिभी क्यामेराको निगरानी र संरक्षणमा ध्यान दिन आग्रह गरेको छ। कार्यालयले आज आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सुचना जारी गर्दै यस्तो जनाएको छ।

प्रशासनले जारी गरेको सूचनामा जिल्लाभित्रका शहरी क्षेत्र तथा हाइवेमा सिसिटिभी कहाँ–कहाँ जडान भएका छन्, कसले जडान गरेका हुन्, ती हाल सञ्चालनमा छन् वा छैनन्, स्क्रीन मोनिटर कहाँ राखिएको छ, र संचालन तथा संरक्षणको जिम्मेवारी कसलाई दिइएको छ भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक रहेको उल्लेख गरिएको छ।

स्थानीय तहका प्रमुखहरूलाई सुरक्षा निकायसँग समेत समन्वय गरी सिसिटिभीको प्रभावकारी प्रयोगमा ध्यान दिन प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराले यस विषयमा आजैदेखि समन्वय, सहकार्य र सहजीकरण गरिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर