Sunday, September 27, 2026

पर्सामा ओसारपसार र बेचविखन कार्यमा संलग्न महिला पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज,०५ भदौ । पर्सा प्रहरीले बेचविखन तथा ओसार पसार कार्यमा संलग्न एक जना महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्। पक्राउ पर्नेमा गोरखाजिल्लाको गोरखा नगरपालिका वडा नं.४ बस्ने वर्ष २८ की सरिता सिर्मल रहेकी छन्। उनीमाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट म्याद थप गराइएको छ। तीन जना महिलालाई अटोबाट रक्सोलतर्फ लाने क्रममा सिर्मललाई पक्राउ गरिएको विज्ञप्तिमा जनाइएको छ।

नेपालको कास्की, झापा, काठमाण्डौ, धादिङ, चितवन, बाग्लुङ र मकवानपुर लगायतका जिल्लाहरुबाट सर्वसाधारण महिला तथा बालिकाहरूलाई राम्रो काम लगाइ दिने, नयाँ–नयाँ लत्ताकपडाहरू खरिद गरिदिने, विवाहको प्रलोभनमा पार्ने र पैसा दिने जस्ता बिभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई गरी मानव बेचबिखन तथा ओसार पसार जस्तो गम्भीर अपराधजन्य घटनाहरू भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी खटेको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा उनलाई पक्राउ गरिएको हो।

हेटौडाबाट गाडी चढाइ बीरगञ्जमा ल्याइ वीरगञ्जबाट अटोमा भारतको रक्सौलतर्फ लाने क्रममा तत्कालै पीडितहरूलाई सकुशल उद्दार गरी प्रतिवादी सरिता सिर्मललाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ उनको विरुद्दमानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमापर्सा जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको लम्सालले विज्ञप्तिमा जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर