काठमाडौं, ६ भदौं । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा गृह, उधोग, संस्कृति मन्त्रालयासँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिनेछन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
गृहमन्त्री रमेश लेखकले बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपालको नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ मा बिचार गरियोस तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।