Sunday, August 16, 2026

बाराको कोल्हवी नगरपालिकामा आज शोक बिदा

Advertisement
Advertisement Advertisement

कलैया, ०८ भदौ। बाराको कोल्हवी नगरपालिकाले आज पालिका भरी शोक बिदा दिएको छ। विद्यालयका एकजना शिक्षकको निधन भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।

नगरपालिकाको वडा नं ११ निवासी तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्हवी ७ बेलवा धोधरपाका प्रधानाध्यापक रामाकान्त चौधरीको शुक्रबारको दिन मृगौला सम्बन्धी समस्याका कारण उपचारको क्रममा निधन भएको थियो।

निधनमा नगरपालिकाले दु:खद् एवम् अकल्पनीय निधन भएको भन्दै संवेदना प्रकट गर्दै आज आईतबार कोल्हवी नगरपालिका मातहतका सबै विद्यालयहरूमा शोक बिदा दिइएको नगर प्रमुख राम प्रसाद चौधरीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर