Monday, June 29, 2026

लागुऔषध खैरो हिरोइनसहित बाराकी एक महिला मकवानपुर प्रहरीको नियन्त्रणमा

हेटौंडा, ०८ भदौ। मकवानपुर प्रहरीले अबैध लागुऔषध खैरो हिरोइन सहित २ जना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १० बसपार्क बस्ने २९ वर्षिय सम्झना थिङ र सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ घरभई हेटौंडा १० बस्ने २३ वर्षिय सोनिका क्षेत्री रहेका छन्।

उनीहरूलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको प्र.३-०३-००१ ह १०३ नं.को अटोबाट पक्राउ गरेको हो।

शंका लागी उक्त अटोबाट ओराली रितपुर्वक खानतलासी गर्दा उनीहरुको साथबाट लागु औषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १५० मिलीग्राम र मोबाईल चार्जर भित्र हाल नाम नखुलेको लागु औषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

लागुऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर