Thursday, July 23, 2026

बारामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, आक्रोशित स्थानीयले गरे प्रदर्शन

कलैया, ०९ भदौ। बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौक नजिक आइतबार राति भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ।

वीरगञ्जबाट कलैया तर्फ आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमोले कलैया बाट वीरगञ्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुर निवासी ३४ वर्षीय उपेन्द्र राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटना पछि घाइते कुर्मीलाई तत्कालै परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो। टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टाटा सुमो चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

मृतकको शव अहिले सोही अस्पतालमै राखिएको छ। यता आक्रोशित स्थानीयवासीले बैराठपुर चौकमा टायर बाल्दै प्रदर्शन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर