Sunday, September 27, 2026

हैजाको जोखिम : वीरगञ्ज महानगरका विद्यालयमा पठन–पाठन स्थगित

Advertisement
Advertisement

वीरगञ्ज,१० भदौ । हैजा संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन स्थगित गर्ने निर्णय भएको छ।

पर्साको वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

केही दिनदेखि फैलिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै नगर प्रमुख स्तरीय बैठकको निर्णयानुसार भाद्र ११ गतेदेखि १३ गते शुक्रवारसम्मका लागि यस महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जानकारी लामिछानेले गराएका छन्।

साथै सो अवधिमा विद्यालयको सेवा क्षेत्र भित्र रहेका समुदायहरूमा विद्यालयको सबै शिक्षक, कर्मचारीहरूको टोली वनाई हैजा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यहरू संचालन गर्न अनिवार्य रूपमा शिक्षक, कर्मचारीहरू परिचालन गर्नु गराउनुहुन समेत महानगरपालिकाले अनुरोध गरेको छ।

विद्यालयहरूले हैजा नियन्त्रण सम्बन्धी पोष्टर, पम्प्लेट तथा जनचेतनामुलक सामाग्रीहरू शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न समेत सूचनामा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर