Sunday, September 27, 2026

प्रणामी युवा परिषद् बाराको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement
Advertisement

सिमरा,१४ भदौ । श्रीकृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला समितिको ३१ औँ वार्षिक साधारण सभा सिमराको औराहमा शनिबार सम्पन्न भएको छ।

साधारण सभाको युवा परिषद्का केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुमन सुवेदीले उद्घाटन गर्नुभएको थियो ।

उक्त साधारण सभामा युवा परिषद्का निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्ले, परिषद्का मधेस प्रदेश अध्यक्ष उद्धव तिमल्सिना, श्रीकृष्ण प्रणामी सेवा समिति बारा पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति बारा पर्साकी अध्यक्ष मन्दिरा उप्रेती, युवा परिषद् बाराका पूर्व अध्यक्ष सरोज बन्जारा, प्रणामी व्यवसायी सङ्घ बाराका अध्यक्ष होमनाथ उप्रेती लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाको अवसरमा युवा परिषद बाराले छ जना पूर्व जिल्ला अध्यक्षहरूलाई सम्मान समेत गरेको थियो।

युवा परिषद बाराका अध्यक्ष मोहन सापकोटाको अध्यक्षतामा भएको उक्त साधारण सभामा श्रीकृष्ण प्रणामी मन्दिर कोल्वी नयाँ बस्ती, सिमरा औरा, कलैया र निजगड सडक टोल मन्दिर अन्तर्गत प्रास युवा परिषद्का अध्यक्षहरूले गतवर्ष गरेको कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको परिषद्का धार्मिक उपाध्यक्ष हरि सिमखडाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष मोहन सापकोटाले परिषद्ले गतवर्ष गरेको वार्षिक गतिविधिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य परिषदका जिल्ला उपाध्यक्ष सन्तोष पाण्डेले र कार्यक्रमको सञ्चालन जिल्ला सचिव दीपक बजगाईले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर