24.9 C
Kalaiya

Monday, October 27, 2025
spot_img
24.9 C
Kalaiya
Monday, October 27, 2025

बारामा ठूलो मात्रामा काठ बरामद

spot_img
spot_img

जीतपुर,१७ भदौ  । बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।

Advertisement

जिल्लाको मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक गस्ती गर्दै काठ बरामद गरेको हो।

Advertisement

टोलीले बेलुकी ७ बजेदेखि जंगलमा तीन समूहमा विभाजन भई गस्ती गरिरहेको समयमा बिहान करिब २ः४५ बजे तस्करीमा संलग्न समूह नियन्त्रणमा लिएको हो ।

Advertisement

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार गस्ती टोलीले ५ थान साल जातका काठ (४६.०६ क्युफिट), ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरेको छ। करिब १० जनाको समूहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई पक्राउ गरिएको र अन्य फरार रहेको कार्यालयले जनाएको छ।

पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको र काठ तस्करीमा संलग्न जोकोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने डिभिजनल बन अधिकृत झाले चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!