Monday, August 10, 2026

कलैयामा विद्यार्थीद्वारा हैजा विरुद्ध जनचेतनामूलक अभियान

कलैया, १७ भदौ। वीरगञ्जमा देखिएको हैजाको जोखिमलाई मध्यनजर गर्दै बाराको कलैयामा जनचेतनामूलक कार्यक्रम गरिएको छ।

ज्ञानदीप बोर्डिङ स्कुलले आज (मंगलबार) हैजा रोकथाम तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विद्यालय प्राङ्गणबाट सुरु भएको र्‍याली नगरका विभिन्न स्थान हुँदै सम्पन्न भएको हो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले हातमा बोकेका प्लेकार्डमार्फत “स्वच्छ पानी पिउनुहोस्, सरसफाइमा ध्यान दिनुहोस्, हैजाबाट जोगिनुहोस्” जस्ता चेतनामूलक सन्देश प्रवाह गरेका हुन। उमालेको वा फिल्टर गरेको पानी पिउने, वरिपरि सफाइ गर्ने, शौचालय प्रयोग गर्ने, साबुन पानीले हात धुने र लक्षण देखिएमा स्वास्थ्य संस्था सम्पर्क गर्ने जस्ता व्यवहारिक सन्देश दिइएको थियो।

उक्त र्‍यालीमा विद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर