Saturday, June 6, 2026

चाडपर्व लक्षित मात्र होइन, बारामा निरन्तर बजार अनुगमन हुन्छ : सिडिओ पौडेल

spot_img

कलैया,१८ भदौ । बारामा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चाडपर्व लक्षित मात्र होइन, निरन्तर बजार अनुगमन गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूबाट दिइने सेवा प्रवाहलाई चुस्त र दुरुस्त पार्ने बताएका छन्।

उहाले जिल्ला तथा इलाका प्रशासन कार्यालयमा कर्मचारी अभावले गर्दा सेवा प्रवाहमा कठिनाइ आएको स्वीकार गर्दै चाँडै नै समस्यालाई समाधान गरेर जनतालाई सेवाको अनुभूति हुनेगरी काम गर्ने बताउनुभयो । नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाईने उहाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली लागू गरेको भएपनि व्यवस्थित नभएकोले सेवाग्राहीहरूले थप समस्या भोग्दै आइरहेका बताउदै प्रजिअ पौडेलले टोकन प्रणालीलाई व्यवस्थित गरी तत्कालै सेवा प्रवाह हुने र आएका सेवाग्रही काम नरोक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। प्रजिअ पौडेल यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए। यस अघि बारामा प्रमुख जिल्ला अधिकारीको रूपमा बसन्त अधिकारी रहेका थिए।

उक्त ​परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला , प्रशासकीय अधिकृत जयचन्द्र साह, लगायत सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर