Saturday, June 6, 2026

सशस्त्र प्रहरीद्वारा बारामा अवैध माछासहित सामान बरामद

spot_img

कलैया,२३ भदौ । सशस्त्र प्रहरीले बारामा १३ लाख बराबरको अवैध माछासहित सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले अवैध सामान (माछा, मदिरा, कपडा र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

बि.ओ.पि.बरैनियाको टोलीले बिश्रामपुर ०४ बलिरामपुर सीमा ईलाकामा आइतबार नेपालबाट अबैध रुपमा ४६ हजार एक सय ७० रुपैयाँ बराबरको नेपाली सिल प्याक मदिरा बरामद गरेको छ। बि आर ०५ बि एल २६५६ नं.को भारतीय मोटरसाइकल तथा मदिरा गरी अन्दाजी एक लाख ९६ हजार एक सय ७० रुपैयाँ बराबरको सामान वरैनियाको टोलिले नियन्त्रणमा लिएको हो।

यस्तै फेटा गाउँपालिका १ त्रिवेणी चोकमा अबैधरुपमा भारतबाट १ जना ब्यक्तिले मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी एक लाख १९ हजार आठ सय ८० रुपैयाँ बराबरको रेडिमेड कपडा र मोटरसाइकल बरैनियाको टोलिले बरामद गरेको छ।

वि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटिगएको ०९ जनाको गाडी मोवाईल टोलीले माछा बरामद गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका – ७ कवलपुर सीमा ईलाकामा अबैध रुपमा भारतबाट ६ वटा मोटरसाइकलहरु प्रयोग गरि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको एक लाख ६५ हजार बराबरको ११ कार्टुन अन्दाजी ५५० के.जी. खान अयोग्य माछा सो टोलिले नियन्त्रणमा लिएको हो।

मोटरसाइकल तथा माछा गरी कूल १० लाख १५ हजार रुपैयाँ बराबरको सामाग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पशु क्वारेन्टिन, नेपाल प्रहरी, स्थानीय पत्रकारको रोहवरमा खाल्डो खनि माछा गाडेर नष्ट गरिएको छ। मोटरसाइकलहरू भन्सार कार्यालयमा वुझाईएको गणपति केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर