Wednesday, June 3, 2026

जेनजी प्रदर्शन : मृतकको संख्या १९ पुग्यो, ३ सय भन्दा बढी घाइते

spot_img

कलैया, २३ भदौ। आज (सोमबार) बिहानदेखि जारी जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा दुई जना, त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ।

मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर