28.2 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
28.2 C
Kalaiya
Wednesday, September 10, 2025

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बारामा कर्फ्यु आदेश

spot_img
spot_img

कलैया,२५ भदौ । जेनजीको विरोध प्रदर्शनलाई दृष्टिगत गर्दै बारामा बुधबार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा ( कर्फ्यु ) आदेश जारी गरेको छ।

Advertisement

बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले स्थानीय प्रशासन ऐन २०२८ को दफा क बमोजिम सो आदेश जारी गरेका हुन्। जारी गरिएको आदेश बमोजिम तोकिएको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको जुलुश, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी भएको हो।

Advertisement

सो आदेश पूर्वमा रौतहट जिल्ला, पश्चिममा पर्सा जिल्ला, उत्तरमा मकवानपुर जिल्ला तथा दक्षिणमा भारत सीमा सम्म लागु रहेको छ। कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कु्टनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ।

Advertisement

आदेशमा बारा जिल्ला लगायत मुलुकका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ। यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन बाराका प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरेका छन्।

प्रदर्शन तथा अन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति माथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अवस्था छ। सबैजना शान्त रही आ–आफ्नो घर/स्थानमा रहनहुन समेत प्रजिअ पौडेलले अपिल गरेका छन्।

बारामा नेपाली सेना परिचालन भएको छ । कर्फ्युको समया घरबाहिर ननिस्कन नेपाली सेनाले अनुरोध गरेको समेत जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर