Sunday, September 27, 2026

कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रवाह स्थगित

Advertisement
Advertisement

कलैया, २६ भदौ । देशभर उत्पन्न भएको विषम तथा संवेदनशील परिस्थितिलाई दृष्टिगत गर्दै बाराका दुई उपमहानगरपालिका-कलैया र जीतपुरसिमराले आफ्ना नियमित सेवा प्रवाह स्थगित गरेका छन्।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा (दमकल, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन) बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि रोकिएको जानकारी दिएका हुन्।

जीतपुरसिमराले २०८२ भदौ २४ गते नगर र वडा कार्यालयमा भएको आगजनी घटनासहित मुलुकमा उत्पन्न विषम परिस्थिति कारण सेवाग्राहीमा असुविधा हुनसक्ने बताएको छ। त्यस्तै कलैयाले पनि नगरवासीलाई असुविधा भए क्षमाप्रार्थी रहँदै अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ।

दुवै उपमहानगरपालिकाले अर्को सूचना नभएसम्म आफ्नो क्षेत्रभित्रका सबै शैक्षिक संस्थामा पठन–पाठन कार्य समेत रोक्न अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर