Thursday, July 23, 2026

कलैयामा आज साझ ६ बजे सम्म निषेधाज्ञा आदेश जारी

कलैया, २७ भदौ । बाराको कलैया उपमहानगर क्षेत्रभरी लागु हुने गरी शुक्रबार (कर्फ्यु) निषेधाज्ञा आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भदौ २७ गते ११ बजेदेखि साँझ ६ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश नभएसम्मका लागि कलैया उपमहानगरपालिकामा लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

यस अवधिमा  कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो।

उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने  समेत सो आदेशमा जानकारी दिइएको छ।

निषेधाज्ञा आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने सो आदेशमा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर