Friday, June 5, 2026

जनजीवन सामान्य : बारामा आइतबारदेखि सेवा सुचारु हुने

spot_img

कलैया,२८ भदौ । जनजीवन सामान्य भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आइतबार देखी आफ्नो सेवा सुचारु गर्ने भएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

भदौ २३ र २४ गतेका दिन देशभरका विभिन्न स्थानहरुमा भएको आन्दोलनका कारण असामान्य परिस्थिति सिर्जना भई स्थगित रहेकोमा हाल जनजिवन सामान्य भएकोले भदौ २९ गतेबाट नियमित सूचारु रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सो सूचनामा अनुरोध गरिएको छ।

भदौ २९ गते आइतबार बिहान ६ बजे पश्चात जिल्ला भर निषेधाज्ञा तथा निषेधित क्षेत्रहरू हटाईएको समेत सो सूचनामा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर