कलैया, २८ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि लागू हुनेगरी निषेधाज्ञा र निषेधित क्षेत्र हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार भदौ २९ गते आज बिहान ६ बजे देखि निषेधाज्ञा हटाइएको हो ।
आज देखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा रहेका स्थानीयतह लगायत अन्य सरकारी कार्यालय, शैक्षिक संस्था पनि आज देखि खुल्ने भएका छन ।
शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिएको छ । आन्दोलनका कारण केही दिन देखि सम्पुर्ण कार्यालयहरु ठप्प भएको थियो । बारामा समेत कलैया उपमहानगरपालिका , जीतपुरसिमरा उपमहानगरपालिका , विश्रामपुर गाउँपालिका लगायत कार्यालयमा तोडफोड भएको थियो ।