24.4 C
Kalaiya

Monday, September 15, 2025
spot_img
24.4 C
Kalaiya
Monday, September 15, 2025

लुटपाट भएका सामान फिर्ता गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको अपिल

spot_img
spot_img

बारा,३० भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ।

Advertisement

भाद्र २४ गतेको घटनामा उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था/सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरू क्षति पु-याइएको थियो। तीमध्ये धेरै सामग्री हराएका वा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ।

Advertisement

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना जारी गर्दै लुटिएका वा कुनै कारणवश भेटिएका सामग्री तत्कालै उपमहानगर कार्यालय, वडा कार्यालय वा स्वास्थ्य संस्थामा बुझाइदिन आग्रह गरेका छन्।

Advertisement

साथै, समान ल्याईदिने, कहिँकतै देखिने वा यस बिषयमा जानकारी दिने व्यक्तिले चाहेमा उनको पहिचान गोप्य राखिने जनाईएको छ। यस अभियानलाई प्रभावकारी बनाउन आम नागरिक तथा समुदायको सहकार्य आवश्यक रहेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर