Thursday, July 23, 2026

विश्रामपुर गाउँपालिकामा आन्दोलनका क्रममा लुटिएका केही सामान फिर्ता

कलैया, ३१ भदौ । बाराको विश्रामपुर गाउँपालिकाको कार्यालयबाट जेनजी आन्दोलनका क्रममा लुटिएका केही सामान स्थानीयले फिर्ता गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले केहि सामान फिर्ता आएको पुष्टि गरे । फिर्ता गरिएको सामग्री सुरक्षित राखेको गाउँपालिकाले जनाएको छ ।

फिर्ता गर्ने व्यक्तिहरूको नाम गोप्य राखिने स्पष्ट गर्दै अझै हराएका अन्य सामानहरू पनि फिर्ता गर्न गाउँपालिकाले सबैसँग आग्रह गरेको छ। यसअघि आन्दोलनको क्रममा गाउँपालिका भवनका विभिन्न कोठामा तोडफोड तथा आगजनीसमेत भएको थियो।

गाउँपालिकाले स्थानीयलाई सहयोगका लागि धन्यवाद दिदै सार्वजनिक सम्पत्ति सुरक्षित राख्न सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर