कलैया,३१ भदौ । केहिदिन अघि भएको जेन जी आन्दोलनको नाममा सार्वजनिक र निजि सम्पत्तिमाथी तोडफोड र आगजनी गरी आपाराधिक क्रियाकलाप गर्नेलाई बाह्र बजाउने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताएका छन् ।
अहिले प्रहरीले तस्वीर र भिडियो लगायत प्रमाणहरु संकलन गरिरहेका एसपी तामाङले जानकारी दिएका छन् । त्यसपश्चात तोडफोड र आगजनी गर्ने जो कोहिलाई निर्मम कारवाही गर्ने उनले बताएका हुन् ।
उनले भने,” जनताको लागि समाजमा शान्ति सुरक्षा स्थिर र चुस्त रहने छ । समाजमा आन्दोलन हुने गर्छ भोलि पनि हुन्छ तर कसैको घर , कार्यालयमा तोडफोड आगजनी लुटपाट हुनु हुदैन निर्मम कार्वाही हुन्छ ।”
उक्त घटनामा तथा विभिन्न अपराधी गतिविधिमा संलग्न हुनेको अनुसन्धानबाट पहिचान गरि कडा कारवाही गर्ने समेत उनले जानकारी दिए ।