Friday, June 5, 2026

आन्दोलनको नाममा घुसपैठ, अनुसन्धान हुँदै छ निर्मम कार्वाही गर्छौं : प्रहरी प्रमुख तामाङ

spot_img

कलैया,३१ भदौ  । केहिदिन अघि भएको जेन जी आन्दोलनको नाममा  सार्वजनिक र निजि सम्पत्तिमाथी तोडफोड र आगजनी गरी आपाराधिक क्रियाकलाप गर्नेलाई  निर्मम कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताएका छन् ।

अहिले प्रहरीले तस्वीर र भिडियो लगायत प्रमाणहरु संकलन गरिरहेका एसपी तामाङले जानकारी दिएका छन् । त्यसपश्चात तोडफोड र आगजनी गर्ने जो कोहिलाई निर्मम कारवाही गर्ने उनले बताएका हुन् ।

उनले भने,” जनताको लागि समाजमा शान्ति सुरक्षा स्थिर र चुस्त रहने छ । समाजमा आन्दोलन हुने गर्छ भोलि पनि हुन्छ तर कसैको घर , कार्यालयमा तोडफोड आगजनी लुटपाट हुनु हुदैन निर्मम कार्वाही हुन्छ ।”

उक्त घटनामा तथा विभिन्न अपराधी गतिविधिमा संलग्न हुनेको अनुसन्धानबाट पहिचान गरि कडा कारवाही गर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर