कलैया, १ असोज। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका नगरवासीले अब कडा राग उपचारमा रु ५० हजारसम्म सहयोग पाउने भएका छन । उपमहानगरपालिकाले उक्त राहतस्वरूप कडा रोग उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ । उपमहानगरपालिका कडा रोग उपचार सहायता ब्यवस्थापन कार्यबिधि २०८२ अनुसार यो सहयोग गर्न लागिएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत रबि भाष्करद्धारा एक जारी सुचनामा उल्लेख छ ।
२०७८ सालमा स्वीकृत ‘कडो रोग उपचार सहयोग व्यवस्थापन कार्यविधि’ अनुसार लाभ लिन सकिने यो सुविधा चालु आर्थिक वर्ष २०८२/०८३ मा समेत निरन्तरता पाएको हो । यस कार्यक्रमअन्तर्गत मुटु, मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, मल्टिपल एफेमिया, सिक्ल सेल एनिमिया, थालासेमिया र मस्तिष्कघात जस्ता गम्भीर रोगका बिरामीलाई अधिकतम ५० हजार रुपैयाँसम्म उपचार सहयोग उपलब्ध हुने नगर कार्यालयले जनाएको छ ।यसका लागि रोगको विवरणसहितको सिफारिस वडा कार्यालयमार्फत नगर स्वास्थ्य शाखामा पठाउन सकिने छ।
उपमहानगरपालिकाले यो सुविधा बारे सबैलाई जानकारी गराउँदै योग्य नागरिकलाई आवश्यक कागजातसहित सहयोग लिन नगरवासीलाई आह्वान गरेको छ ।