Monday, August 10, 2026

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे शिक्षामन्त्री पुन

कलैया, ११ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाकबारे जानकारी लिएका छन् ।

मन्त्री पुनले शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । घाइतेहरुले आफुहरुले उठाएका माग मुद्दालाइ पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए ।

अस्पताल पुगेका मन्त्री पुनले भने,”बिरामीहरूको माग मुद्दाहरू नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौ, हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको । “

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर