रौतहट,१८ असोज । लगातार अविरल वर्षासँगै खसेको चट्याङ् लागेर रौतहटमा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर -२ हथियायी बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नविन यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आज बेलुका साढे ६ बजेको समयमा भीषण वर्षासँगै खसेको चट्याङ् लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।