कलैया , १९ असोज । अविरल वर्षाका कारण शनिबार देखि बन्द रहेको बाराको सिमरा विमानस्थल आज देखि खुलेको छ ।
सिमरा विमानस्थल बाट हुने बुद्ध एयरको उडान आज बिहानैबाट सुरु भएको हो । सिमरासहित मौसम अनुकूल रहेका अन्य विमानस्थलमा आन्तरिक उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।