24.3 C
Kalaiya

Tuesday, October 21, 2025
spot_img
24.3 C
Kalaiya
Tuesday, October 21, 2025

बारामा ३ लाख भन्दा बढीलाई खुवाइयो हैजा विरुद्धको खोप

spot_img
spot_img

कलैया, ४ असोज। बारामा ३ लाख भन्दा बढीलाई हैजा विरुद्धको खोप खुवाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार बाराको ६ वटा पालिकाहरुमा ३ लाख १७ हजार २ सय ४२ जनालाई हैजा विरुद्धको खोप खुवाइएको हो । विश्व स्वास्थ्य संगठनको सहकार्यम कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका , विश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा असोज २७ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान संचालन भएको हो ।

Advertisement

कलैया उपमहानगरपालिकामा १ लाख २१ हजार ९ सय ३४, जितपुरसिमरा उपमहानगरपालिकामा १ लाख ८ हजार ६ सय ७३, फेटा गाउँपालिकाकामा २१ हजार ७ सय ८६, विश्रामपुर गाउँपालिकामा १९ हजार ६ सय ३२, परवानिपुर गाउँपालिकामा २१ हजार ७ सय १७ र प्रसौनी गाउँपालिकामा २३ हजार ५ सय जनालाई हैजा विरुद्धको खोप खुवाईएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। एकवर्ष भन्दा माथिका नागरिकहरुलाई खोप खुवाईएको हो।

Advertisement

यस्तै पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप खुवाइएको छ। पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए । गत भदौ ६ मा पर्साको वीरगञ्ज महानगरपालिका-१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६ सय ८५ बिरामी भएका छन् ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!