कलैया, ८ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले छठपछि विश्वासको लिने भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनी पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन । उनलाई जसपा नेपालका १९, माओवादीका ९, एकीकृत समाजवादीका ७, लोसपाका ८ र जनमत पार्टीका १३ सांसद गरी ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
तर, सोनल मुख्यमन्त्रीको शपथग्रहण गर्नुअगावै जनमत पार्टीका २ सांसद पार्टीबाट छुट्टिएर जनस्वराज रोजेका थिए भने जसपाका १ सांसद निलम्बनमा परेका थिए ।
सत्ता साझेदार दलहरु शुक्रबार बसेको बैठकले छठपछि विश्वासको मत लिएर मन्त्रालय बाँडफाँट गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

















